दफा १११
धितोपत्रको हस्तान्तरण
कम्पनी सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत धितोपत्रको स्वामित्व तथा हस्तान्तरण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।